Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले कैलालीको मतगणना सकियो, अध्यक्षमा ढुङ्गाना विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः नेकपा एमाले कैलाली जिल्ला निर्वाचनको मतगणना सकिएको छ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रवार विहान ८ः४५ देखि सुरु भएको मतदान राति ८ बजे सकिएको थियो। राति नै सुरु गरिएको पदाधिकारीको मतगणना सकिएको छ। जसमा अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना विजयी भएका छन्। ढुङ्गानाले प्रतिसपर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै विजयी भएका हुन्।

उनको २८७ मत छ भने पाण्डेको २१८ छ। अर्का उम्मेदवार दुर्गा जोशीको ६३ मत रहेको छ। उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही विजयी भएका छन्। शाहीले १९३ मत ल्याउँदा प्रतिसपर्धी दल बहादुर विष्टले १८८ मत ल्याए। शाही र विष्टको ५ को अन्तर छ। सचिवमा ममता प्रसाद चौधरी विजयी भएका छन्।

चौधरीले २४३ मत ल्याउँदा उनका प्रतिसपर्धी दान बहादुर विश्वकर्माले १५७, मत ल्याएका छन्। उपसचिवमा चूडामणि भट्ट विजयी भए २५१ मत ल्याउँदै भट्ट विजयी भएका हुन्। उनका प्रतिसपर्धी भुवन रिजालले १२४ मत ल्याए। उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएकी छन्। चौधरीले १९९ मत ल्याउँदै विजयी भएकी हुन। उनका प्रतिसपर्धी शान्तिदेवी सिंहले १६१ मत ल्याइन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page