


बैतडी -प्रकाश भट्ट,जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नं.०३मा रहेको गाउँपालिकाकै एक मात्र क्याम्पस श्रीकोट बहुमुखी क्याम्पसको ११औ बार्षिकोत्सव बिबिध कार्यक्रमका साथ यहीँ फागुन १७ गते मनाइने भएको छ।
२०६९ सालमा स्थापना गरिएको क्याम्पसको यहीँ फागुन १७ गते ११औ बार्षिकोत्सव कार्यक्रम आयोजना गरिने क्याम्पस प्रमुख दानसिंह कार्किले बैतडीबुलेटीनलाइ जानकारी दिए। क्याम्पसको वार्षिकोत्सवको अवशरमा शनिबार देखि बिभिन्न प्रतियोगिता सन्चालन गरिने भएका छन।जस अन्तरगत आज छात्र छात्रा भलिबल र टेबुल टेनिस फाइनल रहेको क्याम्पस स्वबियु सभापति शम्भु राज गिरिले जानकारी दिए।


क्याम्पसको उद्घाटनसत्र देखि अहिलेसम्मको यात्रा तय गर्दा सम्म क्याम्पसले भोगेका समस्या, क्याम्पसको शैक्षिक,भौतिक र आर्थिक अवस्था लगायतका बिबिध बिषयहरुको बारेमा जानकारी,समिक्षा लगायत क्याम्पस लाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयहरुमा पनि छलफल गरिने र सम्पूर्णको सरसल्लाह लिइने हुदा सम्पूर्णको उपस्थितिका लागि क्याम्पसले अनुरोध गरेको छ।
बार्षिकोत्सव कार्यक्रममा दोगडाकेदारका नजिकका बिद्यालयहरुको सांस्कृतिक कार्यक्रम र बिशेष प्रस्तुति समेत रहने क्याम्पस परिवारले जनाएको छ।
अहिले फागुन १७ गते हुने क्याम्पसको ११औ बार्षिकोत्सवको आन्तरिक तयारीमा शिक्षक लगायत बिद्यार्थीहरु जुटिरहेका छन्।




