



बैतडि: फागुन २बैतडीको सुर्नया गाउँपालिका मा गत शुक्रबार देखि लागेको ताला अझैं खुल्न सकेको छैन।सोमबार तालाबन्दी खोल्ने बिषयमा छलफल गर्दा न्यायिक शाखा प्रमुख राम बहादुर महरामाथी हातपात भएको आरोप लागेको छ । गाँउपालिकाले आज एक बिज्ञप्ती जारीगर्दै सोमबार छलफलका क्रममा केहि स्थानियहरुले न्यायिक शाखा प्रमुख महरामाथि हातपात भएको भन्दै कारवाहीको माग गरिएको छ । गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष बिर बहादुर बिष्ट, वडा नं ६ का वडा अध्यक्ष जय बहादुर कुवँर, वडा नं ४ का वडाअध्यक्ष दिनेश प्रशाद भट्ट तथा न्यायिक साखा प्रमुख राम बहादुर महरा लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा बार्ता गर्दागर्दै केहि ब्याक्तीहरुले महरामाथी हातपात गरेको बिगप्तीमा उल्लेख गरिएको छ । हातपातगर्नेमाथी कार्वाहीको समेत माग गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुन भन्दै गत शुक्रबार वडा कार्यालयमा आएकाहरुले पक्षपातपुर्ण ब्यावहार भएको भन्दै बिरोध जनाएका थिए । सोहिदिन तालाबन्दी समेत गरिएको थियो । तालाबन्दी बिवाद समाधानकालागि सोमबार पालिका अध्यक्ष बिष्टसहितको टोली वडा नं ४ मा गएपछि बादबिवाद भएको हो । सोहिक्रममा न्यायिक साखाप्रमुख महरामाथी हातपात भएको पालिकाले बिज्ञप्तीमार्फत जनाएको छ ।




