


बैतडी -बैतडीको पाटनमा नगरस्तरीय खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । पाटन नगरपालिका वडा नं ४ को वडास्तरीय युवा क्लबको आयोजनामा यही फागुन २३ गतेदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा प्रथम पुरुस्कार २० हजार, द्धितीय पुरुस्कार १० हजार ट्रपी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अमर भट्टले जानकारी दिए । खेल क्षेत्रको विकास एवं खेलाडी उत्पादन गर्ने उदेश्यले भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष भट्टले बताए । जिल्लामा खुल्लारुपमा भलिबलका आयोजनाहरु खुम्चिदै गइरहेकाले पाटन नगरपालिकालाई बलिबलको पनि हब बनाउनुपर्ने ध्येयले यो आयोजना गर्न लागिएको खेल संयोजक मनोज चन्दले बताए ।

प्रतियोगितामा पाटन नगरपालिका भित्रका इच्छुक खेलाडी तथा क्लबले सहभागिता जाउन पाउने छन् ।
पाटन नगरपालिका वडा नं ४ को ठाणमा आयाजना हुने खेल प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता शुल्क २ हजार तोकिएको छ ।




