
गायक जोसी माथी कुटपिट, घाइते जोसीको धनगढीमा उपचार हुदैँ



बैतडी, ५ मंसीर
शुदुरपश्चिमका चर्चित डेउडा गायक तथा कमेडि कलाकार भानुभक्त जोसी माथी निर्घात कुटपिट भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका जोसी माथी शनिबार राति कुटपिट भएको हो । आफुलाई दार्चुलाको शैल्यसिखर नगरपालिका ९ स्थीत गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेको घाइते जोसीले बताए ।
उनले भने,‘हामी दिनभरी भिडियो छायांकनमा थियौँ । साँझ म एक्लै होटलमा पुग्दा उनिहरुको ग्रुप आयो । मलाई गालिग्लौज गर्न थाले, मैले बोल्न थाल्दा कोठाभित्र लगेर कुटपिट गरे । मलाई मार्ने योजना रहेछ । भागेर बल्ल ज्यान जोगाउन सफल भएँ ।’ कुटपिट गर्ने व्यक्तिहरु २जना भएको र आफु एक्लै भएको घाइते जोसीले बताए । आफुलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोसीको भनाई छ ।

कुपिटबाट घाइते भएका जोसीलाई सुदुरपश्चिमकै प्रसिद्ध माँया मेट्रो अस्पतालले रेफर गरेको थियो । उनको अहिले धनगढी स्थीत निर्सग अस्पतालमा उपचार भैरहेको छ । प्रहरी र आफन्तको सहायतामा जोसीलाई अस्पताल पुगेको जोसीले बताए ।
कुटपिटबाट जोसीको छाती, आँखा, नाक लगायतका ठाउँमा गम्भीर चोट रहेको छ । अहिले आफ्नो अवस्था सुधारोन्मुख रहेको जोसीले बताए । घटना महेन्द्रनगर स्थीत चौलानी होटलमा शनिबार राति ८ बजे भएको हो ।
घटनाको बिषयमा अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न १ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहले बताए ।
गायक जोसी १ हजार बढी डेउडा तथा लोक दोहोरी गीतका सर्जक हुन् भने, उनले १सय बढी डोटेली कमेडी भिडियोहरु निर्माण गरेकाछन् । उनका केहि भिडियो र गीतहरु सुदुरपश्चिममा लोकप्रिय छन् । गायक जोसी बेलाबेलामा बिवादमा भने आइरहन्छन् ।



