



चैत्र ५ दार्चुला । संघीय सरकारका कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले कानूनविपरित पालिकाका प्रशासकीय अधिृकतको सरुवा गरेका छन् ।दार्चुलाको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाको कार्यालयमा हाजिर भएको सात घण्टामा नै सरुवा गरिएको हो ।पदस्थापन भएको तीन दिन र कार्यालयमा हाजिर भएको सात घण्टामै कानूनमन्त्री बडूको दबावमा अधिकृत ठगुन्नाको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा गरिएको हो ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम राख्दै शाखा अधिकृत ठगुन्नालाई कामकाजका लागि चैत १ गते लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पठाइएको थियो । सो पदस्थापन पत्रमा पत्रमा शाखा अधिकृत विवेक बिडारीको हस्ताक्षर रहेको छ ।अधिकृत ठगुन्नालाई यहि चैत १ गते मन्त्रायलले दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सहित नियुक्ती प्रदान गरेको छ ।




