Vutla
Laxmibhuwan sun chadi

बैशाख ६ गतेदेखि जेठ १७ गतेसम्म बैतडीमा सातौ कृषि गणना हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि: चैत्र ९ बैतडीमा अगामी बैशाख ६ गतेदेखि जेठ १७ गतेसम्म सातौ कृषि गणना हुने भएको छ । गणना कार्यका लागी चैत्र १ गते कार्यलय स्थापना भएको र आन्तरिक तयारी भईरहेको जिल्ला कृषि गणना कार्यालय बैतडीका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद पन्तले जानकारी दिनुभएको छ । गणना कार्यका लागी जिल्ला भरि १२ जना सर्वेक्षक र ५० जना गणकहरु परिचालन गरिने पन्तले बताए । चैत्र ७ गतेसम्म सर्वेक्षक तथा गणकहरुका लागी आवेदन खोलिएको थियो । केन्द्रिय तथ्यांक बिभागले चैत्र १४ गतेसम्म सर्वेक्षक तथा गणकहरुको सर्टलिष्ट गर्ने र चैत्र २५ गतेदेखि बैशाख २ गतेसम्म उनीहरुलाई तालिम दिईने कार्यालय प्रमुख पन्तले बताउनुभयो ।  छनौट भएका गणक तथा सर्वेक्षकहरुले ४५ दिनसम्म फिल्डमा काम गर्नु पर्नेछ । सरकारले गणकहरुलाई खरिदार स्तरको र सर्वेक्षकहरुका लागी नासु स्तरको तलब तोकेको छ । कृषी गणना कार्य छनौट भएको सेम्पलका आधारमा गरिने बताईएको छ । किसानले प्रयोग गरेको जग्गाको उपयोग, उपभोगको प्रकार, बाली लगाएको क्षेत्रफल तथा उत्पादन, सिचाँईको अवस्था र कृषि सामाग्रीहरुको प्रयोग लगायतका कुराहरु गणनामा समावेश गरिने बताईएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page