Vutlaxapu
Laxmibhuwan sun chadi

माओवादी र नेकपा (एस) ले एक सिट जिते भने सबै सम्पत्ति बुझाएर वृन्दावन जान्छु : दुर्गा प्रसाईं

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चैत्र १६नेकपा एमालेका केन्द्रीय सदस्य एवं एमालेनिकटका व्यवसायी दुर्गा प्रसाईंले आउँदो चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एक सिट जिते भने सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

भक्तपुरको सूर्यविनायकमा उनीद्वारा स्थापित तरकारी बजारको उद्घाटनमा नेपालको कुनै निर्वाचन क्षेत्रबाट माओवादी र नेकपा (एस) ले एक सिट जिते भने सन्यास लिएर वृन्दावन जाने उनले घोषणा गरे ।उनले भने, ‘अरुको त म केही भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली कम्युनिष्ट पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’टाउँकाको मूल्य तोक्नेसँग घाँटी जोड्नेहरुलाई गायक प्रकाश सपुतको गीत नै काफी रहेको उनको भनाइ छ । साथै, एमाले छाडेर जाने माधव नेपाल कहाँ छन् भनेर हेर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको धरहराबाट जनताले हेर्ने पनि उनले ठोकुवा गरे ।

‘म माओवादीको विषयमा धेरै कुरा बोल्न चाहन्न । मैले बोल्नुपर्ने कुरा एक जना कलाकारले १६ मिनेटमै बोलिदिएका छन् । दश वर्षसम्म हजारौँको मृत्यु हुनेरी लादिएको र जनयुद्ध हाँक्ने भनिएको नेताहरुका कारण भयवह स्थिति सिर्जना भएको छ । राजनीतिमा स्थायी सत्रु हुन्न भन्ने नराखी आफू र आफ्नै सहकर्मीको टाउँकाको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन । उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको १६ मिनेटको गीत नै नै काफी छ। राज्यकोषबाट अनुदान लिएका असफल बाख्रापालक थापाकाजी र बर्दिबासमा सर्प पाल्ने खनाल बाजेहरू गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोजिरहेका प्रचण्ड, १५ वर्ष पार्टी हाँक्दा पार्टीलाई घर न घाटको बनाउने कम्युनिष्ट पार्टीमा अपमान भयो भनेर गधाको पुच्छर समातेर गंगा नदी तर्न हिँडेका माधव नेपाल बाजेहरु आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै आउनुस्, उनीहरू कहाँ छन् भनेर हेर्न नेपाली जनताहरु निर्वाचनपछि केपी शर्मा ओलीज्यूले बनाएको धरहराको माथिल्लो तलाको बार्दलीबाट हेर्नुपर्ने हुन्छ,’ उनले भने ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page