Vutlaxapu
Laxmibhuwan sun chadi

सामाजिक सुरक्षा भत्ता पाउन पुस मसान्तभित्र बायोमेट्रिक अनिवार्य

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौ -सामाजिक सुरक्षा भत्ता पाउन आगामी पुस मसान्तभित्रमा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक अनिवार्य रुजु गर्नुपर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन साउनबाटै परिचयपत्र अनिवार्य गरेकोमा पुस मसान्तसम्म समयावधि थप गरेर अनिवार्य गर्न लागिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा कार्ड नवीकरण वा नयाँ दर्ता गर्दा राष्ट्रिय परिचयपत्र साउनबाटै अनिवार्य गरेको निर्णय फेरेर सुविधाका लागि समयावधि थप गरिएको हो । तर विभागले ६६ जिल्लाको सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेर सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्ने जानकारी गराएको छ ।

तर परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रुपमा बायोमेट्रिक रुजु गर्नुपर्ने छ । परिचयपत्र वा त्यसको नम्बर नभएमा सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि फोटो खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नम्बर हराएको स्वघोषणा गर्नुपर्छ । स्थानीय अधिकारीलाई झुक्याएर परिचयपत्र नम्बर भएर पनि छैन भनेर दोहोरो सुविधा लिन सक्ने सम्भावना भएकाले स्वघोषणालाई अनिवार्य गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

विभागका महानिर्देशक युवराज कटेलका अनुसार सुरुमा साउनबाटै अनिवार्य लागू गर्न खोजिएको पहिलो चरणको २८ र दोस्रो चरणमा माघबाट लागू गर्न खोजिएको ३८ जिल्लाको स्थानीय तहलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराएको छ । मन्त्रिपरिषद्ले गत जेठ २४ गते स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि गत १ गतेदेखिनै अनिवार्य गर्ने निर्णय गरेको थियो ।

तर मन्त्रिपरिषद्ले गत जेठ २७ मा छोटो समय दिएर परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई अनावश्यक दबाव परेको भन्दै परिचयपत्र तत्काल अनिवार्य नगर्ने निर्णय गरेको थियो । तत्काल रोकिएपनि यसलाई अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था भएकाले पुस मसान्तसम्मलाई म्याद दिएर पत्राचार गरेको जानकारी विभागमा महानिर्देशक कटेलले दिए ।

विभागले बुधबारै गृहमन्त्री रमेश लेखकलाई परिचयपत्रको विवरण संकलन र यसबाट हुने फाइदाका विषयमा ब्रिफिङ गरेको छ । विभागले केन्द्र र जिल्लाबाट ४७ लाखभन्दा बढीलाई परिचयपत्र नै वितरण गरिसकेको छ । विभागका अनुसार आगामी पुस भन्दा अघि भत्ताको कार्ड नवीकरण गर्ने वा नयाँ दर्ता गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नलिएको वा त्यसको नम्बर नपाएको स्वघोषणा सम्वन्धित व्यक्ति आफैंले गर्नुपर्ने पत्रमा उल्लेख छ ।

विभागका अनुसार १ करोड ५१ लाख ७९ हजार ५ सय १५ जनाको परिचयपत्रको विवरण संकलन भइसकेको छ । ७७ जिल्लाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र केही स्थानीय तहबाट नियमित विवरण संकलन भइरहेको छ । विभागले परिचयत्र प्राप्त गरिसकेकाहरुको हकमा भने बायोमेट्रिक रुजु गर्ने क्रममा कुनै समस्या भएका पुस मसान्तभित्रमा उपलब्ध गराउनेगरी भत्ता कार्ड नवीकरण गर्न सकिने जनाएको छ ।

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page