Vutlaxapu
Laxmibhuwan sun chadi

अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो।आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ।

जय भगवति मेलौली सुनचाँदी

संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए। तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए। १६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो। हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन्। हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने।

आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page