Vutlaxapu
Laxmibhuwan sun chadi

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदैछन्।

प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए।

मुख्यमन्त्रीको पत्रपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

संघमा कांग्रेस र एमालेको सरकार बनेपछि सुदूरपश्चिममा पनि एमालेले असार २० प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यद्यपि  मुख्यमन्त्री सोडारीले  विश्वासको मत नपाउने निश्चित छ। किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ।

विश्वासको मत प्राप्त गर्न न्युनतम २७ सांसदको समर्थन आवश्यक रहन्छ।

५३ जना सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिमा २ सासंद छन्।

मुख्यमन्त्री सोडारीले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको पनि उनीनिकट सांसदहरू बताउँछन्।

जेठ ६ गते नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले दुई महिना १२ दिन सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे।

यो बीचमा सोडारीले चार पटक मन्त्रिमण्डल हेरफेर गरे।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page