Vutlaxapu
Laxmibhuwan sun chadi

डेंगीका बिरामीलाई निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीहरुलाई निःशुल्क उपचार गर्न विभिन्न अस्पताल तथा मेडिकल कलेजहरुलाई निर्देशन गरेको छ।

मन्त्रालयमा  डेंगी संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बसेको बैठकले मन्त्रालय अन्तर्गतका विभाग, संघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग छलफलमा यस्तो निर्णय गरिएको हो।

जय भगवति मेलौली सुनचाँदी

बैठकमा हरेक शुक्रबार आ-आफ्नो कार्यालय र अस्पताल परिसरमा सरसफाईका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान संचालन गर्ने निर्णय भएको पनि मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन।

मन्त्रायले अघिल्लो वर्ष भन्दा यो वर्ष डेंगी संक्रमण कम भएपनि जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हालसम्म देशका ७३ वटा जिल्लाका २ हजार ३६५ जनामा डेंगी संक्रमित पुष्टी भएको छ। जस मध्ये तनहुँमा एक ५० वर्षीया दीर्घरोगी पुरुषको मृत्यु भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page