Vutlaxapu
Laxmibhuwan sun chadi

अत्तरियामा एक किशोरीमाथी मध्यरातमा सामूहिक करणी, चार जना फरार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कैलालीको अत्तरियामा एक किशोरी सामूहिक करणीको सिकार बनेकी छन्।गोदावरी नगरपालिका–३ घर भएकी किशोरी मध्यरातमा सामूहिक करणीको सिकार बनेकी हुन्। जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा भने पक्राउ परेका छन्। अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। ‘घटनामा संलग्न मुख्य दोषी पक्राउ परिसकेका छन्।ती घटनामा जोडिएका चार जना फरार छन्। उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको छ।’ साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेको खुलेको छ। परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाएका थिए। लक्ष्मीलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका–१० को मालाखेती जंगलमा पुगाएका थिए। थापाले सोही स्थानमा आफ्ना चार जना साथिहरुलाई समेत बोलाएका थिए।

जय भगवति मेलौली सुनचाँदी

थापासहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक करणी गरेपछि पुनः घरमै ल्याएर छोडेको समेत खुलेको छ। लक्ष्मीले आफूमाथि सामूहिक करणी गर्ने कसैलाई पनि चिनेकी थिइनन्। जबरजस्ती करणीपछि थापाले पनि फेसबुकबाट ब्लक गरेका थिए। पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले लक्ष्मीसँग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए। पक्राउ परेका पदमलाई अहिले मालाखेती प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page