Vutlaxapu
Laxmibhuwan sun chadi

३४ पालिकामा पद रिक्तः मंसिर तेस्रो हप्ता उपचुनाव गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाण्डौँः निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ।

जय भगवति मेलौली सुनचाँदी

आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी चुनावको मिति तय गर्न र मितव्ययीता अपनाउन आग्रह गर्नुभएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। चुनावको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत पनि सहभागी थिए। तह निर्वाचन ऐन २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, नगर वा गाउँपालिकाका मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष एवम् वडाअध्यक्षको पदावधि समाप्त नहुँदै पद रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा उपचुनाव गर्ने उल्लेख छ।आयोगको तथ्याङ्क अनुसार नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष २८ गरी ३४ पद रिक्त छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page