Vutlaxapu
Laxmibhuwan sun chadi

विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर: विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन्। निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का चराविज्ञ हिरुलाल डगौराले बताए। उनका अनुसार डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

विगतको तुलनामा गिद्धले बढी गुँड लगाएका छन्,’ उनले भने, ‘वर्षौंदेखिको संरक्षणको कार्यको प्रभाव देखिन थालेको छ, निकै उत्साहित छौँ।’ डङ्गर गिद्धसँगै अति सङ्कटापन्न अवस्थामा रहेको सानो खैरो गिद्धले पनि गुँड लगाएर बच्चा हुर्काउन थालेका छन्। निकुञ्जको भतपुरीफाँटामा दुई, हिरापुरफाँटामा एक गरी तीनवटा सानो खैरो गिद्धको गुँड फेला परेको चराविद् डगौराले जानकारी दिए।सर्भेका क्रममा कञ्चनपुरसँगै डडेल्धुरामा दुई, कैलालीको चरा तथा जैविक विविधता क्षेत्रमा १२ वटा डङ्गर गिद्धका गुँड फेला परेका छन्,’ चराविद् डगौराले भने, ‘बैतडीको खोड्पेमा नौवटा हिमाली गिद्धका गुँड फेला पारेका छौँ।’

अति सङ्कटापन्न डङ्गर, सानो खैरो र सङ्कटापन्नको सूचीमा रहेको हिमाली गिद्धका गुँड रहेका क्षेत्रमा नियमित अनुगमनको कार्य भइरहेको छ। चराविद् डगौराका अनुसार डङ्गर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा रहेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page