


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकाेटमा हरितालिका तीजको अवसरमा आयाेजना गरिएको बृहत् तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा बेताल मावि रिम गाेरङ पहिलाे भएकाे छ।

गाेरङले ५० पुर्णाङकमा ३९.६६ अंक ल्याउदै प्रथम स्थान हासिल गरेकाे हो
प्रथम स्थान हासिल गरेकाे गाेरङले नगद २० हजार पुरस्कार समेत प्राप्त गरेको छ।
यस्तै आयाेजक श्रीकाेट बहुमुखी क्याम्पस ३७.८३ अंक प्राप्त गर्दै दाेस्राे भएकाे छ।दोस्रो स्थान हासिल गरेकाे श्रीकाेटले नगद १५हजार पुरस्कार प्राप्त गरेको छ। यस्तै
न्वाली मावि दाेलीले ३५.८३ अंक ल्याउदै तेस्रो स्थान प्राप्त गरेको छ ।तेस्रो स्थान प्राप्त गरेको न्वाली मावि दाेलीले नगद १०हजार पुरस्कार प्राप्त गरेको छ। यस्तै ३२.६६ अंक ल्याएर भगवती सित्तडले सान्त्वना स्थान हासिल गरेकाे छ।सान्त्वना स्थान हासिल गरेकाे सित्तडले नगद ५ हजार पुरस्कार प्राप्त गरेको छ।
श्रीकोट बहुमुखी क्याम्पसको आयोजना र उदाउने मिडिया प्रालि तथा रडियो सेभेन स्टारको सहकार्यमा सञ्चालन भएकाे प्रतियाेगितामा दोगडाकेदार गाउँपालिका भित्रका नाै माध्यामिक विद्यालय र एक क्याम्पस गरि १० टाेलीकाे सहभागीता रहेकाे थियाे।
विभिन्न स्थान हासिल गर्ने विद्यालय तथा क्याम्पसलाई दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की,उपाध्यक्ष पार्वती कार्की,क्याम्पस सञ्चालक समिती अध्यक्ष जयदेव जाेशी,क्याम्पस प्रमुख दानसिंह कार्कीले पुरस्कार प्रदान गर्नुुभयाे।
दुई दिनसम्म सञ्चालन भएकाे कार्यक्रममा नृत्य प्रतियोगिताका साथै स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुति राखिएको थियाे।
कार्यक्रमकाे मिडिया पार्टनर कुशल खबर डट कम रहेकाे थियाे।
