Chandramani sun chadi
Laxmibhuwan sun chadi

सिगासको जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा राखेका उपकरण तोडफोड

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी, बैतडीको सिगास गाउँपालिका वडा नं १ जुकेपानीमा रहेको नेपाल टेलिकममा जडान गरिएका उपकरणमा तोडफोड गरिएको छ । कृषि विकास बैंक गाँजरीका लागि नेपाल टेलिकमको टावरबाट इन्टरनेट सेवा लिनको लागि राखिएका छुट्टै उपकरणहरुमा तोडफोड गरिएको हो ।

सम्पुर्णता सुनचाँदी गहना पसल

तोडफोड कसले गरेको भन्ने खुलेको छैन । नेपाल टेलिकमको टावरमा बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री र सोलारपातामा तोडफोड गरिएको कृषि विकास बैंक गाँजरी शाखाका प्रबन्धक शुदीप चन्दले जानकारी दिए । सोलारको माध्यमबाट चल्ने गरेको उक्त टावरमा बैंक प्रयोजनको लागि छुट्टै पावर सप्लाईका लागि बैंकको तर्फबाट राखिएका छुट्टै ब्याट्री र सोलारमा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुर्याएको उनले बताए ।

उपकरणहरुमा क्षति पुगेसँगै बैंकका लागि जडान गरिएको इन्टरनेट सेवा पनि बन्द भएपछि बैंकीङ कारोबार पनि ठप्प जस्तै बनेको कृषि विकास बैंक गाँजरी शाखाका लेखापाल राम बहादुर बिकले जानकारी दिए । अनलाईनको माध्यमबाट हुने रकम जम्मा र भुक्तानीको काम समेत हुन नसकेको उनले बताए ।

आइतबार देखि इन्टरनेट सेवा अवरुद्ध बनेकाले गत शनिबार नै अज्ञात समुहले तोडफोड गरेको हुनसक्ने आँकलन गरिएको छ । यस विषयमा गाँजरी प्रहरी चौकीलाई पनि जानकारी गराइएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page