



बैतडी: चैत्र २२, बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ सौँगाउँका खडक बोहराको चौलानी नदीमा बगेर मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा चौलानी नदीबाट गाईलाई पारीपट्टी तार्ने क्रममा अन्ताजी ४६ वर्षीय बोहराको नदीमा बगेर मृत्यु भएको हो ।
बागाँबगर भन्ने स्थानबाट बगेका बोहराको झण्डै १ किलोमिटर तल चम्तडी भन्ने स्थानमा उनको शव फेला परेको हो । बोहरा कृषी तथा पशु विज्ञान कलेजका कर्मचारी समेत हुन् । उनको शव गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।




