Vutlaxapu
Laxmibhuwan sun chadi

प्रेममा धोका पाएपछि कैलालीबाट झापा पुगेर युवकले गरे प्रेमिकाको हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रेममा धोका पाएपछि कैलालीका एक युवकले प्रेमिकाको हत्या नै गरेका छन्।

जय भगवति मेलौली सुनचाँदी

कैलालीबाट झापाको बिर्तामोड पुगेर युवकले प्रेमिकाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। युवकले अन्धाधुन्ध छुरा प्रहार गरेर युवतीको हत्या गरेका छन्। बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको हो। लोहार इलामको सूर्याेदय नगरपालिकाको फिक्कलकी हुन्।उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाकी सूचना अधिकारी मेहघी तामाङले बताइन्। कुटपिटबाट सामान्य घाइते भएका उनको मेची अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउँकोमा गम्भीर चोट लागेको छ। मादक पदार्थ सेवन गरेर प्रेमीकाको हत्या गरेको खुल्न आएको छ। प्रेममा धोका खाएपछि उनले कैलालीबाट आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘प्रेममा धोका खाएपछि प्रेमिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ सूचना अधिकारी तामाङले भनिन, ‘अनुसन्धान जारी छ। अनिलले आफू बिर्तामोडतिर नै बस्ने गरेको दाबी गरे पनि उनी पहिलो पटक आएको अनुसन्धानले देखाएको सूचना अधिकारी तामाङले बताइन्।#dineshkhabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page