


बैतडी -नेकपा एमालेले बैतडीको दशरथ चन्द नगरपालीकामा २ दिने नगरस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।नगरकमिटी अध्यक्ष मनोज बोहराको अध्यक्षतामा बिहिवार देखि सुरु नगर स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले जिल्ला इन्चार्ज लिलाधर भट्टले गरेका छन।


दशरथचन्द नगरपालीकामा सँगठन निर्माण परिचालन र ब्यवस्थापन ,नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास,बैतडी कम्युनिस्ट आन्दोलनको इतिहास,पार्टीका कार्यकर्ताहरुले अपनाउजुपर्ने अनुसासन र कार्यशैली,बर्तमान राजनीतिक शक्ति सन्तुलन,जनबर्गीय सँगठन परिचालन,स्थानीय सरकार सँचालन बिधि र प्रकृया लगायतका बिषयमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट,एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क,जिल्लाकमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी,एमाले प्रदेश कमिटी सदस्य बिस्ना चन्द, निवर्तमान प्रदेशकमिटी सदस्य तथा नगर प्रमुख पुष्कर राज जोशी, एमाले दनपा इन्चार्ज निर्मल पाण्डे लगायतका नेताहरुले प्रशिक्षण दिइरहेका छन।
बिहिबार देखि सुरु भएको नगर स्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरिने एमाले जिल्लाकमिटी अध्यक्ष नरेश बि क ले बताए।




