


बैतडी: बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–३ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत अवस्थामा फेला परेका हुन् ।

उनि शुक्रबार सोही वडाको गजीण भिरमा मृत फेला परेका हुन् । स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




