Vutlaxapu
Laxmibhuwan sun chadi

देउवाको दाबी : कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन्

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ ।सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो । शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दा खेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो । कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन ।

जय भगवति मेलौली सुनचाँदी

अनि खाइदेला नि अरू पार्टीले । त्यस कारणले कांग्रेसले अरू बढी काम गर्नुर्‍यो । जनतासँगको सम्बन्ध बढाउनु पर्‍यो । जनताको दिल जित्नुपर्‍यो । जनताको कामहरू गर्नुर्‍यो । त्यस कारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ ।’

उनले थपे, ‘हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरू गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि त्यति मात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्‍यौँ भने कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ । यसै काममा लाग्नका लागि म सबै साथीभाइहरुलाई आग्रह गर्न चाहन्छु । अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्‍यो । अप्ठ्यारो कामनै गर्नुर्‍यो । त्यसको निम्ति मेहनत धेरै गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कमसेकम नम्बर वान पार्टी पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ । यही काम लाग्न अनुरोध गर्दछु ।’

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिस्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए ।
Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page