Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका युवक महाकालीमा खसेर बेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका ५ कुवाकोट ३३ बर्षिय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

भारतको पिथौरागढबाट काम गरेर दशैका लागि घर फर्किने क्रममा शुक्रबार बिहान साढे ११ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता     भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको उनले बताए ।

झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए ।  धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।

उनको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page