Vutlaxapu
Laxmibhuwan sun chadi

चाडपर्व लक्षित सुरक्षाका लागि सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्।

जय भगवति मेलौली सुनचाँदी

प्रदेशका नौवटै जिल्लामा दशै, तिहार र छठको समयमा भने थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिने भएको हो। यसका लागि प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ।सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले नागरिकको सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए। उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ। जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ। कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ। बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ।’

दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ। प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ।

नौवटा जिल्लास्तरको कमाण्ड पोस्टमा ९९ जना प्रहरी, रिजभमा २०६ जना, एक सय ६० जना स्ट्राइफिङमा, पाँच सय ५३ वटा पिकेटहरु, पैदल गस्ती र मोबाइल गस्तीमा पाँच सय ९९ जना, मोबाइल गस्तीमा २५० जना, सादापोसाक, सीमा नाकाका चेकपोस्टमा दुई सय ६५ जना, राजमार्ग चेकिङ्, जुवातास, मदिरा र लागुऔषध नियन्त्रणमा २५० जना, राजमार्गमा स्टटिङ्गका लागि २५० जना नियमित चेकजाँचका लागि यथावत छन्।

प्रदेश प्रहरी प्रमुख केसीले ट्राफिक प्रहरीहरुसँगको संयुक्त चेकिङ्गसमेत हुने बताए। उनले भने, ‘सुरक्षा चुनौतिहरुलाई विश्लेषण गरेका छौ। सुरक्षा चुनौतिहरुका लागि जनशक्ति परिचालन गरेका छौ। नियमित परिचालन हुने प्रहरीमा चार हजार थपेका छौ।’ सुदूरपश्चिममा रहेको विपद व्यवस्थापन गणका २ सय कर्मचारीबाहेक अन्य क्षेत्रका प्रहरीहरु परिचालन गरिएको छ। प्रदेश प्रहरीले २ सय कर्मचारी, नेपाल प्रहरी विषेश सुरक्षा गण, प्रदेश सशस्त्र गण लगायत कार्यालयमा रहेका प्रहरी कर्मचारीहरुलाई नगरिकको सुरक्षामा खटाइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page