Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा ४८ करोड बजेट विनियोजन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा ४८ करोड बजेट विनियोजन गरिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारले मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा ४८ करोड बजेट विनियोजन गरेको हो। कैलालीको लम्की–चुहा नगरपालिकाको ६ वटा वडा, मोहन्यालको दुई तथा जानकी गाउँपालिकाको ४ सहित १२ वडा मुख्यमन्त्री शाहको प्रदेश निर्वाचन क्षेत्र हो। मुख्यमन्त्री शाहले सबैभन्दा बढी बजेट लम्की चुहा–१ मा हालेका छन् भने सबैभन्दा कम जानकी–५ मा विनियोजन गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा मुख्यमन्त्री शाहले सडक पूर्वाधार, खानेपानी, सिँचाइ र खेलकुदका साथै चर्च निर्माण गर्न समेत बजेट विनियोजन गरिएको पाइएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित मुख्यमन्त्री शाहले आफ्नो क्षेत्रमा ४८ करोड ९ लाख बजेट विनियोजन गरेका गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा १०९ योजनामा बजेट विनियोजन गरिएको हो।

जय भगवति मेलौली सुनचाँदी

मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा लम्कीचुहा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ७ मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ र ७ तथा जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ समावेश गरिएको छ। मुख्यमन्त्री शाहले आफ्नै निर्वाचन क्षेत्रको १२ वडामा बजेट वितरणमा सन्तुलन मिलाउन सकेका छैनन्।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा १९ करोड ६० लाख बजेट विनियोजन गरिँदा लम्कीचुहा–७ मा ६३ लाख ५० हजार बजेट परेको छ। वार्षिक कार्यक्रम पुस्तिकामा लम्कीचुहा १ का लागि २३ योजनामा बजेट छ भने वडा नम्बर ७ मा ६ योजनामा बजेट विनियोजन गरिएको छ।

वार्षिक विकास पुस्तिका कार्यक्रममा लम्कीचुहा–२ मा ९ योजनामा एक करोड ४५ लाख, वडा नम्बर ३ को १० योजनामा तीन करोड ४९ लाख, वडा नम्बर ४ को ९ योजनामा एक करोड ५० लाख ५० हजार, वडा नम्बर ५ को ६ योजनामा एक करोड ७२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ।

मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा पर्ने जानकी गाउँपालिका वडा नम्बर २ को तीन योजनामा एक करोड ९ लाख, जानकी–५ को पाँच योजनामा केबल ५२ लाख बजेट विनियोजन गरिएको छ। जानकी–५ मा चर्च निर्माण गर्न मुख्यमन्त्रीले १० लाख बजेट विनियोजन गरेका छन्। यसैगरी, जानकी–८ को तीन योजनामा एक करोड २० लाख तथा जानकी–९ को एक चर्च निर्माणको योजनासहित १० योजनामा दुई करोड ४० लाख बजेट विनियोजन गरिएको छ।

चर्च निर्माण गर्न १० लाख बजेट विनियोजन गरिएको छ। मोहन्याल गाउँपालिकाको ६ र ७ नम्बर वडामा क्रमशः ७ करोड ६३ लाख तथा ६ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ। मोहन्याल–६ मा एक चर्चसहित १७ योजनामा बजेट विनियोजन गरिएको छ। चर्च निर्माणका लागि मोहन्याल–६ मा पनि १० लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, मोहन्याल–७ को १२ योजनाका लागि ६ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पर्यटन विकासका दुई योजना, कृषिका ७, पशु विकास ९, जलस्रोत तथा सिँचाइ विकासका १३, सहरी विकासका ७, खानेपानीका १३, सामाजिक विकास मन्त्रालय अन्तर्गतका २८ र बाँकी सडक पूर्वाधारका योजनामा बजेट विनियोजन गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page