Vutlaxapu
Laxmibhuwan sun chadi

सिल्ल भगवती मन्दिरमा असोज २५ गते बलि सहित जात्रा हुने(यस्तो छ इतिहांस)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ सिल्ल स्थित रणशैनी भगवती मन्दिरमा असोज २५ गते जात्रा लाग्ने भएको छ। बडादशैंको अवसरमा महाष्टमीका दिन हरेक वर्ष जात्रा लाग्ने गरेको भएपनी बिभिन्न कारणले गर्दा यो वर्ष ५ बर्ष पछि जात्रा हुने भएको हो। रणशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन रांगा तथा बोकाको बलि सहित जात्रा हुने चलन रहिआएको छ। जात्राका लागि टाढा-टाढाबाट दर्शनार्थीहरू आउनेक्रम सुरु भएको स्थानिय जनक चन्दले बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तो छ इतिहांस)

स्थानिय जानकार परापुर्वकालमा स्याम रजबारले बैतडीको कालिकोटमा राज्य गर्ने बेला कालिकोटमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा पुजाआजा गर्नेबेला रानिहरुले मन्दिरमा होम गर्दा हेर्न नपाइने र रानिले पुजा गरेको हेर्ने मनसाय ब्यक्त गरेकोले राजाले अग्लो दरबार बनाएर कौशीबाट हेर्ने व्यवस्था मिलाएपछि २/३ धार्नी घिउ हाल्दाखेरीपनि आगो नजलेपछि पुजारिले रानिले हेरिरहेको दिसातिर पिठ्यु लगाइ एक गिलास घिउहाल्दा आगो जलेको र आगो जलेपछि स्याम रजबारले मैले यति घिउ हाल्दाखेरीपनी नजल्ने भनेर क्रोधमा आएर राजाले होम गरिरहेको ठाउंमा खन्ने बितिक्कै आकाशबाणि भएछ र सुनिएछ कति खन्छस खन मेरो जरा जुलाघाटको महाकालीभित्र छन र तिम्रो नहुने दिन आयो भन्ने आवाज सुनिएछ। त्यसपछि स्याम रजबारका सन्तानहरु हुने बेला भंगेरा,चरा,भएर उड्ने र स्याम रजबारकी अर्कि रानि होसियार भएको हुनाले सिस्नोको ओछ्यान लगाइ सात दिनसम्म भक्ति गरेको र रानिले भक्ति गरेको प्रसन्न भएर भगवति प्रकट भएर बरदान दिएछ ,ल तिमि यहाबाट गइहाल सन्तान त होला तर जुन राम्रो होला त्यो पुरा उमेर खाने नहोला भनि बरदान दिदा रानिले नमानेर फेरि सात दिन जप गर्दा भगवति प्रसन्न भइ ल मैले पुरा बरदान दिए र तिमि जाउ भन्दाखेरि म एक्लै का जाँउ कसरि जांउ कस्को पुजा गरौ भन्दा भगवतिले सिला लगेर जाउ जेठो त्या को र कान्छो यहाको जा उज्यालो भयो त्या बस्नु भनेपछि सेना सहित कालिकोटबाट सिला उठाएछन र हिन्दा हिन्दै दोगडाकेदार गाउँपालिका वडा नं ३ तत्लि श्रीकोटमा सिला बिसाएर हातमुख धुन गएका र हातमुख धोएर आउदा सिला नभेटिएको र सिला उडेर सिल्ल स्थित भगवति मन्दिरमा स्थापना भएको पौराणिक मान्यता रहिआएको स्थानिय जनक बहादुर चन्दले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page