Vutlaxapu
Laxmibhuwan sun chadi

मन्त्री द्वयको उपस्थीतिमा शुभकामना आदानप्रदान कार्यक्रम गरिदैँ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । नेकपा(एमाले) बैतडीले नेपालीहरुको राष्ट्रिय पर्व वडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गर्ने भएको छ ।

तीन ठाउँमा हुने उक्त कार्यक्रमहरुमा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी, पार्टी जिल्ला इन्चार्ज लिलाधर भट्ट, सु.प. प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र पाल लगायतका नेताहरुको सहभागीता रहने नेकपा (एमाले) बैतडीले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

यहि असोज २७ गते मेलौली, २८ गते पुर्चौडी र २९ गते दशरथचन्द नगरपालिका–०४ गढी स्थीत एमाले पार्टी कार्यालयमा कार्यक्रम तय गरिएको पार्टी जिल्ला अध्यक्ष नरेश कुमार विश्वकर्माले बताए ।

शुभकामना आदान प्रदान कार्यक्रमहरुमा उपस्थीतिका लागि समाजसेवी, बुद्धिजिवि, राजनितिकर्मी, सञ्चारकर्मी तथा जिल्लाबासीहरुमा उपस्थीतिका लागि आग्रह गरिएको छ ।

यतिबेला संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र पाल गृह जिल्ला बैतडीमा रहेकाछन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page