


बैतडी- समृद्ध नेपाल निर्माण गर्न परिणाममुखि विकास र तनिजामुखी योजना ल्याउनुपर्ने साथै उत्पादन क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिएका छन् । आइतबार बैतडीको मेलौलीमा एमालेले आयोजना गरेको सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताए।स्थानीय तहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिने खालले बजेट बिनियोजन र कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले पदसँग नेता कार्यकर्ता र मतदाताको रगत पसिना जोडिएकाले सबैको अविभारा पुरा गर्नेगरी काम गर्ने बताए ।
सरकारलाई सफल बनाउनको लागि सबै नेता कार्यकर्ताहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने पनि मन्त्री भण्डारीले बताए । पार्टीले दिएको सिफारिसको योजनामा पनि जनताको योजना जोडिएको छ की छैन भनेर परिक्षणगरी कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताए ।
मन्त्री भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताएका छन् । सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको निवर्तमान सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको जिकिर गरेका हुन् ।
‘विगतको सरकारमा म पनि सहभागि थिए, तर म आबद्ध पाटी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरु पनि कटौती गरिए,’ उनले भने । चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरिने मन्त्री भण्डारीले बताए ।
‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो? बजेटले प्रतिफल दिएन भने यसको के अर्थ भयो?,’ उनले भने ।अबको विकास उत्पदान वृद्धि गर्ने, रोजगरी सिर्जना गर्नेगरी ल्याउनुपर्ने र परिणाम दिने खालका योजना ल्याउनुपर्ने उनको भनाइ छ ।




