


बैतडी – सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले मतदाताहरुले दिएको मतको सम्मान गरेको बताएका छन् । सोमबार नेकपा (एमाले) पुर्चौडी नगर कमिटी द्वारा आयोजीत शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जिल्लाको विकास निर्माणका लागि भरपुर प्रयास गरिरहेको बताए ।

आफु आर्थिक मामिला मन्त्रि हुँदा आवश्यकता अनुसारका योजनाहरु बनाएको बताए । पछिल्लो समय विद्यमान राजनितिक परिस्थितिका कारण एउटै बजेट दुइ पटक पेस गर्नुपर्ने अवस्था आएकोले केहि संसोधन भएको उनको भनाइ छ । छरिएर आएको बजेट बाहेक जनताको आवश्यकता अनुसार प्रदेश गौरबका आयोजनाहरुको बारेमा जनताको सल्लाह लिइ मन्त्रालयमा पेसगर्न नेता कार्यकर्ताहरुलाइ आग्रह गरे ।
मन्त्री पालले हिजोका दिनमा प्रदेशका योजनाहरुमा हुने कमिसनतन्त्रको अन्त्य गरेको दावी गरे । पार्टीले मिसन ०८४ सफल पार्न सत्ता र पार्टि संगसंगै हुनुपर्नेमा जोड दिए । उनले मिसन०८४ मात्रै भनेर नहुने भएकोले त्यस पुर्व आवश्यक बिधि प्रकृया पुरा गर्नु पर्ने भएकोले त्यसमा लाग्न पार्टि पङ्क्तिलाइ आग्रह गरे। मन्त्री पालले विभिन्न ठाउँमा पार्टिभित्रको अन्तरविरोधका कारण पराजय भोग्नु परेको भन्दै आगामि दिनमा एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।




