



बैतडी -महेन्द्रनगर देखि बैतडीको पुर्चाैडीका लागी छुटेको बस डडेल्धुरामा दुर्घटनामा परेको छ।महेन्द्रनगर देखि बैतडीको पुर्चाैडीका लागी छुटेको पवनदुत यातायातको ना- ८ ख १०७८ नम्बरकाे बस अमरगढी नगरपालिका वडा नं ७ खसरेखानमा गयराति राति दुर्घटना परेको हो। दुर्घटनामा परी नावालक सहित चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन। घटनाबारे अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।




