Vutlaxapu
Laxmibhuwan sun chadi

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

जय भगवति मेलौली सुनचाँदी

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page