Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा बसमा सवार तीन महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमै मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ तोलीगाउँकी २० वर्षीया कमला बोहरा, २२ वर्षीय सहदेव बोहरा, ४५ वर्षीया जैमती बोहरा र एक नाबालक छन्।

जय भगवति मेलौली सुनचाँदी

नाबालक कमलाका छोरा हुन् भने सहदेव श्रीमान र जैमती आमा हुन्। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २ नवराज साउद, वडा–६ का राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का दिनेश साउद, डडेलधुराको आलिताल गाउँपालिका–१ का मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ की विमला महता, कृष्णपुर नगरपालिका–५ की धनमती साउँद छन्।

यस्तै, पुर्चौंडी–८ का पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक बिरेन्द्र बोहरा, वडा नम्बर ७ का नवराज रतौकी, सुरेन्द्र रतौकी, वडा वडा नम्बर १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

 

घाइतेको स्वास्थ्य अवस्था बुझ्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी अस्पताल पुगेका थिए। घाइते र उपचारमा संलग्न चिकित्ससँग मन्त्री भण्डारीले भेटघाट गरेका हुन्। साथै उपचारको सबै प्रबन्ध मिलाउन अस्पताल प्रसासनलाई मन्त्री भण्डारीले आग्रह समेत गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page