


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं-३ मा रहेको सनातन धर्म माध्यमिक बिद्यालय श्रीकोट बैतडीको ६५औँ बार्षिकोत्सव समापन समारोह सम्पन्न भएको छ।
मंगलबार विद्यालयको ६५औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरभान सिँह कार्किको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि रहेका थिए । यस्तै विशिष्ट अतिथि दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की रहेकी थिइन्।
कार्यक्रममा बार्षिक उत्सवका अवसरमा भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो ।



कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलदेव नाथले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालयकका सह प्रधानाध्यापक सुरेन्द्र बहादुर कार्कीले स्वागत मन्त्यव्य राखेको र कार्यक्रमको संचालन शिक्षक रमेश नाथले गरेका थिए । मंसिर १ गते उद्घाटन गरिएको बार्षिकोत्सव कार्यक्रम मंगलबार समापन गरिएको हो।

विद्यालयमा अहिले ५ सय २० विद्यार्थि अध्ययनरत रहेका छन । २०१७ सालमा प्रावितहबाट अध्यापन सुरु भएको सो विद्यालयमा २०३८ सालदेखि मावितह सम्मको अध्यापन हुँदै आएको छ ।




