Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एउटा यस्तो गाउँपालिका: जहाँ‘हाकिम’ ले सुब्बालाई निमित्त दिए, विनिले ‘हाकिम’कै सरुवा गरिदिए !

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख ३। बैतडिको सुर्नया गाउँपालिकामा गत चैत २३ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाए, धनबहादुर चन्दले ।  त्यसअघिका प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले आफू एक साताका लागि जिल्ला बाहिर जाँदा नायब सुब्बा चन्दलाई निमित्तको जिम्मा दिएका थिए ।चन्दले आजसम्मै निमित्त प्रमुख भएर काम गरिरहेका छन् । तर, उनी निमित्त भएको भोलिपल्ट नै पालिकामै कार्यरत विद्यालय निरीक्षक हिमांशु भट्टको हस्ताक्षर भएको पत्रले पहिलेका ‘हाकिम’ कमलापती भट्टको सरुवा गरिएपछि कर्मचारी छक्क परेका छन् ।चैत २३ गते चलानी नं. ९२२ मा काटिएको रमानामा सुर्नयाका प्रशासकीय अधिकृत भट्टलाई मालपोत कार्यालय बैतडी सरुवा गरिएको छ । रमाना पत्रमा निमित्त प्रशासकीय अधिकृत भनेर बिद्यालय निरीक्षक हिमांशु भट्टले हस्ताक्षर गरेका छन् ।पालिकामा निमित्तको जिम्मा चन्दलाई भएको बेला बिद्यालय निरीक्षक भट्टलाई फर्जी निमित्तको रुपमा प्रयोग गरेर पालिका अध्यक्ष बीर बहादुर बिष्टले प्रशासकिय अधिकृत कमलापति भट्टलाई ‘आउट’ गरेको स्रोतले जनाएको छ ।कमलापति भट्ट लामो समयदेखि सुर्नयामा कार्यरत थिए । ‘अध्यक्षसँग उनको ‘क्यामेस्ट्री’ राम्रै भएपनि एक्कासी अध्यक्षले किन षडयन्त्रपूर्वक ढंगले हटाए,’ एक स्थानीयले भने, ‘त्यसमा विद्यालय निरीक्षक हिमांशु भट्टलाई प्रयोग गरेको देखियो ।’अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टका बीचमा आर्थिक लेनदेनमा कुरा नमिलेपछि यस्तो परिस्थिति आएको अनुमान त्यहीभित्रका कर्मचारीले गरेका छन् । ‘चुनाव संघारमै छ, अध्यक्षले चुनावी खर्च व्यवस्थापनका लागि दबाब दिइरहेका थिए,’ स्रोतले भन्यो, ‘कुरा नमिलेपछि विद्यालय निरीक्षक हिमांशु भट्टलाई प्रयोग गरेको देखिन्छ ।’ गाउँपालिकाकै कामले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गएका प्रशासकीय अधिकृत कमलापति भट्टले आफू सरुवा भएको कुरा हप्तादिन पछि मात्रै थाहाँ पाए । उनी फर्केर आउँदा मालपोत कार्यालयमा सरुवा भइसकेका थिए । #सिमारेखा

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page