Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा धमाधम अधिवेशन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन: आज पाटनमा सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीले नगरपालिका तथा गांउपालिकाहरुमा अधिवेशनका कार्यक्रमहरुलाइ तिब्रताका साथ सम्पन्न गरिरहेको छ।सोमबार पाटन नगरपालिकाको तेश्रो नगर अधिबेशन सम्पन्न गरेको छ। सोमबार सम्पन्न नगर अधिबेशनबाट गोपाल दत्त भट्टको अध्यक्षतामा २१ सदस्यीय नगर समिती सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।

जय भगवति मेलौली सुनचाँदी

भट्टका अनुसार उपाध्यक्षमा नवराज भट्ट,महिला उपाध्यक्षमा चन्द्रा धामी,सचिवमा डम्बर बिष्ट,कोषाध्यक्षमा गगन सिंह भण्डारी सहित २१ सदस्यीय नगर समिती सर्वसम्मत चयन गरिएको बताए। निवर्तमान अध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समिती सदस्य नन्दराम अवस्थि प्रदेश समिती सदस्य सिता चन्द,पुर्व प्रदेश समिती सदस्य कमला भण्डारी,एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य नारायण भण्डारी,नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page