


बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -४ र सुर्नया गाँउपालीका वडा नं -६ बाट भन्सार छली गरेर ल्याएका ३२ पेटी बिँडीसहित दुईवटा गाडी प्रहरीले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक बलाराम पाण्डेयका अनुसार दोगडाकेदार गाउँपालिका वडा नं ४ को लट्काली भन्ने स्थानबाट से १ ज ८४४ नम्बरको जिपबाट ८ लाख १८ हजार मुल्य बराबरको १६ पेटी बिँडी र सोही वडा घर भएका जिप चालक सुरज सिंह ठगुन्नालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

यस्तै सुर्नया गाउँपालिका वडा नं ६को रिगा भन्ने स्थानबाट से १ ज २४१ नम्बरको जिपबाट ८ लाख १६ हजार मुल्य बराबरकै १६ पेटी बिँडी र सुर्नया गाउँपालिका वडा नं २ घर भएका हरिश बिष्टलाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले विशेष सुचनाका आधारमा छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरेर ल्याएका ३२ पेटी बिँडीसहित दुईवटा गाडी नियन्त्रणमा लिएको हो।
आवश्यक कारवाहीको लागि चालकसहितका गाडी र अवैध बिँडीभन्सार कार्यालय झुलाघाटमा पठाएको प्रहरीले जनाएको छ।




