Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा जारी पाचौं राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता अपडेट:

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -दोगडाकेदार गाउँपालिकामा जारी पाचौं राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगितामा उद्घाटन देखी दोस्रो दिन सम्म १०० मिटर,२०० मिटर र ३ हजार मिटर दौड सम्पन्न भएको छ।जस अन्तर्गत १०० मिटर दौडमा छात्र तर्फ श्रीकेदार माध्यमिक विधालय पिपलकोट बैतडीका दिपक भुल (प्रथम),न्वालि माध्यमिक विधालय दोलीका सुरज दमाइ(द्वितीय) र सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीका सागर कार्कीले (तृतिय) स्थान हाँसिल गरेका छन।

यस्तै छात्रा तर्फ भगवति माध्यमिक विधालय सित्तडकी अनिता जोशी (प्रथम), रौलेश्वर माध्यमिक विधालय मल्लाढिककी कौशिला कुँवर (द्वितीय) र भगवती माध्यमिक विधालय सित्तडकी छात्रा सनम गोयलाले (तृतिय) स्थान हाँसिल गरेकि छिन। यस्तै २ सय मिटर दौड तर्फ न्वाली माध्यमिक विधालय दोलीका सुरज दमाइ (प्रथम),श्रीकेदार माध्यमिक विधालय पिपलकोटका बबिराम भुल(द्वितीय)र सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीका किशोर नाथले (तृतिय) स्थान हाँसिल गरेका छन।

जय भगवति मेलौली सुनचाँदी

यस्तै छात्रा तर्फ भगवति माध्यमिक विधालय सित्तडकी अनिता जोशी(प्रथम),रौलेश्वर माध्यमिक विधालय मल्लाढिककी रजनी कुँवर (द्वितीय),र रौलेश्वर माध्यमिक विधालय कालागाउँकी सुनिता पार्कीले (तृतिय) स्थान हाँसिल गरेकि छिन।

यस्तै ३ हजार मिटर दौडमा छात्रतर्फ श्रीकेदार माध्यमिक विधालय पिपलकोटका बिरेन्द्र भुल(प्रथम),बेताल माध्यमिक विधालय गोरङ्गका नबिन धामी(द्वितीय), सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीका किरन भट्ट(तृतिय) स्थान हासिल गरेका छन भने न्वाली माध्यमिक विधालय दोलीका शुरेश लुहारले सान्त्वना जित हात पारेका हुन।

यस्तै छात्रा तर्फ रौलेश्वर माध्यमिक विधालय मल्लाढिककी आशा जोशी(प्रथम),मल्लाढिककै कलावती जोशी(द्वितीय),र बेताल माध्यमिक विधालय गोरङ्गकी साबित्री बिष्टले तृतिय स्थान हाँसिल गरेकि छिन। यस्तै भगवति माध्यमिक विधालय सित्तडकी रेखा भाटले भने सान्त्वना जित हात पारेकी छिन्। यस्तै राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिताको दोस्रो दिन भलिबल कबड्डी लगायतका खेलहरु सुरु भएका खेल प्रशिक्षक नरेन्द्र कार्कीले बताए। रनिङ्ग सिल्ड प्रतियोगिता दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित लबलेक खेलमैदानमा चलिरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page