Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा राष्टपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न:केदार मावि प्रथम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी पाचौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । दोगडाकेदार गाउँपालिका ७ स्थित लवलेक खेलमैदानमा पौष २४ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा गाउँपालिकाका ११ वटा बिद्यालयको सहभागीता रहेको थियो । सहभागी बिद्यालय मध्ये श्री केदार माध्यमिक विधालय दोगडाकेदार ४ पिपलकोट प्रथम भएको छ। श्रीकेदार माविले प्रथम हुदै ८ स्वर्ण ३ रजत र ३ कास्य जितेको हो ।

यस्तै सनातन धर्म मावि दोगडाकेदार ३ श्रीकोटले द्वितिय स्थान हासिल गरेको छ । ६ स्वर्ण ७ रजत र ९ कास्य जितेर द्वितिय स्थान हासिल गरेको हो ।

यस्तै भगवती मावि सित्तडले तृतीय स्थान हासिल गरेको छ। भगवती माध्यमिक विधालय सित्तडले ६ स्वर्ण ३ रजत र ४ कास्य हात पार्दै भवतीमा सित्तडले तृतीय स्थान हासिल गरेको हो ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको रनिङ्ग शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द प्रमुख अतिथि रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चन्दले खेलकुदमा सहभागि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भएकोले खेलकुदमा अनुशासन मुख्य भएकोले खेलाडीले अनुसासनमा बिशेष ध्यान दिनुपर्ने बताए। साथै प्रमुख अतिथी चन्दले गाँउपालीकाको प्रशंसा गर्दै बैतडीको दसवटा स्थानिय तह मध्ये खेलकुद क्षेत्रमा होस या अन्य बिकास निर्माणमा गाउँपालिकाले उत्कृष्ट काम गरेको भन्दै गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्किलाइ विषेश धन्यवाद। ब्यक्त गरे।

आफु बिगत लामो समय शिक्षण पेसामा आबद्ध भएकोले दोगडाकेदारमा धेरैजसो सहकर्मिहरुसंग भेट हुन पाउदा आफु एकदमै हर्षित भएको बताए। दोगडाकेदार गाउँपालिका सम्भावना बोकेको गाउँपालिका भएकोले पर्यटकीय क्षेत्र बनाउन सकिने बताए।

यस्तै समापन कार्यक्रममा बोल्दै गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्किले राष्ट्पती रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी खेलाडी,खेल प्रशिक्षक, अफिसियल , स्वयमसेवक सुरक्षाकर्मी, पत्रकार,लगायत प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरे। यस्तै अध्यक्ष कार्कीले जिल्लास्तरीय रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको लागी एउटा टिम छनोट गरिने र प्रतियोगिताको लागी अनुसासित तरिकाले सहभागी गराइने बताए।

पौष २४ गते भएको उद्घाटन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाई) प्रमुख अतिथि रहनुभएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page