



बैतडी बैशाख १० , नेपालि काँग्रेस दसरथ चन्द नगरपालीका वडा नं ६ का निर्बाचित वार्ड सभापति नरेन्द्र चन्द ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका छन्। आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत् पार्टीको साधारण सदस्यसमेत नरहनेगरि चन्दले राजिनामा दिएको घोषणा गरेका हुन।आफु वार्ड अध्यक्षको आकाङ्क्षि रहेको र जिल्ला नेतृत्व पटकपटक जिम्मेवारी दिने आस्वासन दिदै आएको र नेतृत्वले कुनै सुनुवाइ नगरि आफ्नै आसेपासेलाई जबरजस्ती पावरका हिसाबले उम्मेदवार बनाइ आफुमाथि अन्याय भएको उनले बताएका छन्। आफु पार्टी र संगठनको लागि बिगत १५ बर्ष देखि निरन्तर सक्रिय रुपमा लागिरहेको र पटकपटक वार्ड सभापति को जिम्मेवारीमा रहेर निरन्तर रुपमा लागिरहदा समेत जिल्ला नेतृत्व अपमानजनक ढंगले प्रस्तुत भएको वताएका छन्। `उनले भने पुर्व बाणिज्य राज्य मन्त्री नरबहादुर चन्दलाइ महाधिबेसन प्रतिनिधिमा हराउन बर्तमान जिल्ला नेतृत्व अहोरात्र खटिएको र पुर्व मन्त्री चन्द मेरो काकाको छोरा भएकोले समेत जिल्ला नेतृत्वले म माथि अपमानजनक व्यवहार गर्यो सहन सकिएन अनि राजिनामा दिए` चन्दले बर्तमान जिल्ला नेतृत्वआफुमाथि दम्भ र फिल्मिसैलिमा प्रस्तुत भएको आरोप लगाएका छन्। आफु जनताको पक्षमा निरन्तर लागिरहेको नयाँ विकल्प र नयाँ सोचका साथ अगाडि बढ्ने जानकारि दिएका छन्। चन्द दसरथचन्द नगरपालीका वार्ड नं ६ मा ३ पटक वार्ड सभापति चयन भएका थिए।




