


बैतडी -बैतडीको डिलासैनी गाँउपालीकामा एमाले प्रवेश गर्नेको लर्को लागेको छ। आज एमाले डिलाशैनी गाँउपालिका कमिटीले आयोजना गरेको जनवर्गीय सँगठनहरुको गाँउपालीका अधिबेशनमा वडा अध्यक्ष सहित ३५ जनाले एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेमा स्वतन्त्रबाट निर्वाचित डिलासैनी-७ का वडा अध्यक्ष प्रकाशमणी भट्ट,डिलासैनी-७ बाट निर्वाचित वडा सदस्य गणेश धामी,माओवादी केन्द्रका नेता खडक धामी, नेपाली काङ्ग्रेस,माओवादी केन्द्र र स्वतन्त्र रुपमा रहेका ३५ जनाले एमाले प्रबेश गरेको डिलाशैनी गाउँपालीका वडा नं -५ अध्यक्ष एवँ एमाले नेता यज्ञ भट्ट यदुले बताए।

यस्तै डिलाशैनी गाँउपालीकामा नेपाल उत्पिडित जातिय मुक्ति समाज, अनेरास्ववियु , राष्ट्रीय युवा संघ नेपाल र अखिल नेपाल किसान महासंघको गाँउपालीका अधिवेशन सम्पन्न भएका छन।अखिलको गाउँपालिका अधिवेशनमा रमेश मालको अध्यक्षतामा १७ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको छ।


यस्तै राष्ट्रिय युवासंघको गाउँपालीका अधिवेशनमा तेजराज जोशीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको छ। यस्तै अखिल नेपाल किसान महासंघको गाँउपालीका अधिवेशनमा प्रेम सिह धामिको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालीका कमिटी र नेपाल उत्पिडित जातिय मुक्ती समाजको गाँउपालीका अधिवेशनमा उत्तम औजिको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको यदुले बताए।

एमाले जिल्ला कमिटी सदस्य तथा डिलाशैनी गाउँपालीका जन संगठन सँयन्त्र सँयोजक नरेन्द्र नाथको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा, सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं एमाले प्रदेश कमिटी सचिवालय सदस्य सुरेन्द्र पाल रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टले पार्टीका जनवर्गीय सँगठनहरुले मिसन ८४ मा केन्द्रीत भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै डिलाशैनीमा बिकाश निर्माणका हरेक कामहरुमा निगरानी गर्न समेत आग्रह गरेका छन। यस्तै प्रमुख अतिथी भट्टले कार्यकर्ताहरुलाइ पार्टीका काममा दृढतापूर्वक अगाडि बढ्न निर्देशन दिएका छन। यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी रहेका सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले कार्यकर्ताहरुलाइ एकजुट भएर पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए।




