


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न गाँउपालीका अधिबेशनबाट बिष्णु दत्त जोशीको अध्यक्षतामा २३ सदस्सीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।


भट्टका अनुसार उपाध्यक्षमा बिर बहादुर बिष्ट,महिला उपाध्यक्षमा हिरा कुमारी भट्ट, सचिवमा कल्याण सिँह ऐरी, सह-सचिवमा दान बहादुर भाट,कोषाध्यक्षमा देव सिँह बिष्ट, सह-कोशाध्यक्षमा महेस्वरी चन्दसहित २३ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको बताए। यस्तै बलराम गिरीको अध्यक्षतामा -७ सदस्यीय सल्लाहकार समिती गठन गरिएको समेत बताए।

निवर्तमान अध्यक्ष बलदेव नाथको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एंव दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए। यस्तै गाँउ पालिका उपाध्यक्ष पार्वती ऐरी कार्की विशिष्ट अतिथि रहेकी थिइन् भने कार्यक्रममा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।





