


बैतडी -बैतडीमा महिला उधमि संघको तदर्थ समिती गठन गरिएको छ। बैतडीको दसरथचन्द नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बिच महिला उधमी संघको तदर्थ समिती गठन गरिएको महिला उधमी संघ जिल्ला अध्यक्ष कल्पना क्षेत्री रानाले बताइन।


रानाका अनुसार उपाध्यक्षमा,बिमला महर,महा-सचिवमा शुष्मा चन्द, सचिवमा,अनिता ज्ञवाली, कोषाध्यक्षमा अन्जु टमाटा,सहित ११ सदस्यीय कमिटी गठन गरिएको बताइन।महिला उधमी संघ केन्द्रिय सदस्य एंव प्रदेश प्रतिनिधि मिना फुलाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दसरथचन्द नगरपालीका वडा नं -४का अध्यक्ष भानदेव भट्ट प्रमुख अतिथी रहेका थिए।
यस्तै विशिष्ट अतिथिमा दसरथचन्द नगरपालीकाका सुचना अधिकारी राज बहादुर बिष्ट लगायतको उपस्थिती रहेको थियो। उधमी संघको तदर्थ समिती गठन प्रकृया पछि दर्ता प्रकृया गरिने र छिटै काम अघि बढाइने नवनिर्वाचित अध्यक्ष रानाले बताइन।उधमी सँघले बैतडी जिल्लाभित्र दर्ता रहेका महिला उधमी फर्महरुलाइ स्थानीय सरकार सँग समन्वय गरी महिला उधमीहरुलाइ सहजिकरणमा सहयोग गर्ने र महिला उधमीहरुका हक र अधिकारका पक्षमा आवाज उठाउने बताइन।




