Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेमै फर्किने वामदेव गौतमको तयारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेका छन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद सकारात्मक भएपछि २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता गौतम पुरानै पार्टीमा फर्कन लागेका हुन्।

‘प्रधानमन्त्री ओली र उहाँ (वामदेव गौतम) बीच आज पनि टेलिफोन संवाद भयो। उहाँले एमालेमै फर्किने जानकारी गराउनुभएको छ। शुक्रबारको कुराकानीमा पनि उहाँले त्यही बताउनुभएको थियो। उहाँले आफू पहिलेदेखि नै एमालेमा फर्कन इच्छुक भए पनि वातावरण नमिलेको बताउनुभएको थियो,’ गौतमनिकट एक नेताले बताए।

जय भगवति मेलौली सुनचाँदी

ती नेताकाअनुसार प्रधानमन्त्री ओली र नेता गौतमबीच पदीय हैसियतबारे मूर्त कुराकानी भने भएको छैन।

‘प्रधानमन्त्रीले एमाले आउनुस्, पदबारे छलफल गरौंला भन्नुभएको छ। उहाँ उत्साहित हुनुहुन्छ,’ ती नेताले भने।

प्रधानमन्त्री ओलीको सचिवालयले पनि नेता गौतमसँगको संवाद सकारात्मक भएको बताए।

उहाँहरूबीच शुक्रबार कुराकानी भएको हो। प्रधानमन्त्री भेटेर फर्किँदा गौतम उत्साहित देखिनुहुन्थ्यो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए। अहिले प्रधानमन्त्री रहेका अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page