


बैतडी -प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । २७औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले एक कार्यक्रमको आयोजना गरि जिल्ला अस्पताल बैतडीमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। प्रेस चौतारी जिल्ला समन्वय शाखा बैतडीले मंगलबार स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो।


प्रेस चौतारी बैतडीका जिल्ला अध्यक्ष प्रकाश चन्द्र भट्टका अनुसार स्थापना दिवसको शुभकामना आदानप्रदान गर्दै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको हो।

कार्यक्रममा जिल्ला अस्पताल बैतडी ब्यवस्थापन समिति अध्यक्ष पार्वती भट्ट, अस्पताल निमित्त मे.सु.शुसिल बि .क. अस्पताल व्यवस्थापन अधिकृत सुमन महरा, सुचना अधिकारी हरिष पन्त लगायत प्रेस चौतारीमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।





