Vutlaxapu
Laxmibhuwan sun chadi

मुख्य प्रतिस्पर्धी भए पनि ओलीलाई अविश्वास गर्नुपर्ने अवस्था छैन: देउवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वास गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

जय भगवति मेलौली सुनचाँदी

पार्टीका ७७ जिल्ला सभापतिहरूलाई प्रशिक्षणका लागि पोखरामा आयोजित कार्यक्रममा मंगलबार बोल्दै सभापति देउवाले ओली आफ्नो जेल बस्दादेखिकै साथी भएको सुनाए।

‘ओलीजी र मसँगै जेलमा बसेको साथी हौं, धेरै कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ देउवाले भने, ‘झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौं तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन।’

सभापति देउवाले एकताबद्ध भएर संगठन सुदृढीकरणमा लाग्न जिल्ला सभापतिहरूलाई आग्रह गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page