Vutlaxapu
Laxmibhuwan sun chadi

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ : सहकारी ठगी प्रकरणमा तीनवटा जिल्लामा मुद्दा खेपिरहेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो। सोमवार नै उनीविरुद्ध मुद्दा दर्ता गर्न खोजिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहाराको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्ध सहारा सहकारीको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको जानकारी दिएको छ।

जय भगवति मेलौली सुनचाँदी

यो मुद्दा दर्तासँगै उनीविरुद्ध सहकारी प्रकरणमा ४ वटा जिल्लामा मुद्दा दर्ता भएको छ। यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भई उनीविरुद्ध मुद्दा चलिरहेको छ।

लामिछानेसँगै रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, असरफ अलि सिद्दिकी, भगवती बमजन, दीपक लामा, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला‚ शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो।

रविलाई सहकारी ठगी सम्बन्धमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अरूलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यसअघि लामिछानेलेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसैगरी काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा लामिछानेलाई छोडेको थियो भने रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page