


बैतडी -बैतडीको पाटन नगरपालिकामा भिरबाट लडेर एक छात्रा गम्भीर घाईते भएकी छिन। घाईते हुनेमा पाटन नगरपालिका-२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययरत १६ बर्षिया छात्रा सवित्री पाण्डेय रहेकी छन् ।

आज बिहान बिद्यालय जाने क्रममा स्थानीय खेती भिरबाट लडेर घाईते पाण्डेयलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रधानाध्यपक लक्ष्मण बोहराले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
बेहोस अवस्थामा उपचारका लागि एम्बुलेसमार्फत डडेल्धुरा अस्पताल लगिएको छ ।




