Vutlaxapu
Laxmibhuwan sun chadi

विवाहको उमेर २० वर्ष राख्न सुदूरपश्चिमका किशोरीहरुको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सुदूरपश्चिमका किशोर किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन।बाजुरा, अछाम र कैलालीका २६० जना किशोर किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र पठाउँदै सो माग गरेका हुन।

कानुन उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न दिएको सुझावको विरुद्धमा किशोर किशोरीहरूले हुलाक मार्फत प्रधानमन्त्रीलाई पत्र पठाएका छन।उनीहरूले शारीरिक, मानसिक र संवेगात्मक परिपक्वता नपुग्दासम्म विवाह दिगो नहुने, सन्तान जन्माउँदा स्वास्थ्य समस्या आउने, यौनजन्य हिंसामा पर्ने सम्भावना बढ्ने, तथा निर्णय क्षमतामा कमी आउने भएकाले २० वर्षको उमेर सीमा नै उचित हुने बताएका छन्। नेपालको संविधान, मुलुकी देवानी संहिता, बालअधिकार सम्बन्धी ऐन तथा विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूले बालविवाह निषेध गर्ने व्यवस्था गरेकाले कानुनी उमेर घटाउनु अनुचित हुने उनीहरूको तर्क छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page