Vutlaxapu
Laxmibhuwan sun chadi

पोखरामा बिस्फोट भएको बलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

जय भगवति मेलौली सुनचाँदी

हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।

हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्‍याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए। उनका अनुसार उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ

पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादनदेखि बलुनमा भर्ने लगायतका प्रक्रिया र यस विषयमा कानुनी व्यवस्था हेरेर कारबाही सिफारिस गर्ने प्रहरीको तयारी छ।

उक्त घटनाका   विषयमा गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page