Vutlaxapu
Laxmibhuwan sun chadi

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी। आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् ।

संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको र सोही जनक्रान्तिको जगमा टेकेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको राजनीतिशास्त्रीहरु बताउँछन् । दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ भने राष्ट्रप्रमुख, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा शीर्ष नेतृत्वहरुले देशबासीलाई छुट्टा–छुट्टै शुभकामना दिएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page